प्रदेश–१

पेमा याङजीलाई भ्वाइस अफ कुलुङ्गको उपाधि


काठमाडौँ – कुलुङ्ग शेर्वी किदुकद्वारा आयोजित गायन प्रतियोगिता ‘भ्वाइस अफ कुलुङ्ग शेर्पा-२०२३’ को उपाधि पेमा याङजी शेर्पाले प्राप्त गरेकी छिन् ।

किदुकले २१५०औँ क्ष्यू मो ह्यो लो (खरायो वर्ष) ग्याल्पो लोसारको अवसरमा कोशी प्रदेशसभाका सदस्य गोम्बु शेर्पा (कज्र्याङ) को प्रमुख आतिथ्यमा राजधानीमा सम्पन्न प्रतियोगितामा शेर्पाले पहिलो ‘भ्वाइस अफ कुलुङ्ग शेर्पा’ को उपाधि जित्न सफल भएको हो ।

प्रतियोगितामा पेम्बा ग्याल्जेन शेर्पा फस्ट रनरअप भए भने डुक्पा शेर्पा सेकेण्ड रनरअप घोषित भए ।

शेर्पा समुदायका युवाहरूमा रहेको गायन प्रतिभालाई उजागर गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा सोलुखुम्बुको कुलुङ्ग क्षेत्रका १२ जनाले सहभागी जनाएका थिए ।

‘भ्वाइस अफ कुलुङ्ग शेर्पा – २०२३’ को निर्णायक मण्डलमा वरिष्ठ गायक लाक्पा शेर्पा, ख्यातिप्राप्त गायक रोज मोक्तान र गायिक ल्हमु शेर्पा रहेका थिए ।