Breaking

मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति दिएको छैन: प्रधानमन्त्री


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाइरहेका वेला प्रधानमन्त्री प्रचण्डको यस्तो जवाफ आएको हो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले मुस्ताङको विषयमा बडो चर्चा भइरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालयभन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले पाएको स्पष्ट पारे ।

उनले भने, ‘अहिले मुस्ताङको बडो चर्चा भइरहेको छ। मुस्ताङमा बौद्ध युनिभर्सिटी खोल्ने कुरा भन्ने आयो । त्यहाँ स्थानीय तहबाट कलेज खोल्ने चर्चा धेरै पहिलेदेखि भएको रहेछ। नेपाल सरकारले कहीँकतै स्वीकृति दिएको छैन । एमाले अध्यक्ष ओलीको नाम नलिई प्रधानमन्त्रीले आफूले उक्त चर्चाको विषयमा कसैलाई आरोप प्रत्यारोप गर्ने पक्षमा नरहेको बताए । उनले मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशीहरू बढी जानकार रहेको आफूले सुनेको बताए ।