काठमाडौँ — हिमालपारीको जिल्लामनाङ मुस्ताङ अझै पनि विदेशीपर्यटकका लागि अर्ध निषेधित क्षेत्र हो । विदेशी पर्यटकले यस क्षेत्रको भ्रमणका लागि महंगो शुल्कमात्र तिर्नु पर्दैन आफु खुशी हिँडडुल गर्न समेत बन्देज छ । तर यहि निषेधित बारागुङ मुक्तिक्षेत्रमा भारत सरकारको लगानीमा बौद्ध विश्वविद्यालय खोल्न लागेका विषय आलोचित बनेको छ । भू–राजनीतिक पक्षलाई जोड्दै यसको विरोध नै सुरु भएको छ ।
नेपाल चीन सीमा क्षेत्र,मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर पाँच फल्याकमा भारत सरकारको लगानीमा मुस्ताङ बौद्ध कलेज विश्वविद्यालय सञ्चालन प्रक्रियाको थालनीपूर्व नै विरोध सुरु भएको छ । विदेशी पर्यटकका लागि अर्ध निषेधित क्षेत्र, खम्पा विद्रोहको मुख्य थलो मुस्ताङमा विश्वविद्यालय त्यो पनि भारत सरकारको लगानीमा धेरैलाई पाच्य भएको छैन । भु–राजनीतिक संवेदनशीलतालाई जोड्दै यसको विरोध हुन थालेको हो ।
एमाले अध्यक्ष के.पिशर्मा ओली आगो बनेका छन । उपल्लो मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी सरकारले मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन खोजेको ओलीको आरोप छ । यो योजना राष्ट्रियतामाथिको प्रहार भएको उल्लेख गर्दै मित्र राष्ट्र चिन विरुद्धको गद्दारी भएको बताएका छन । त्यहाँ रहेको युरेनियमलाई ध्यानदिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुककालागि नै अति खतरनाक भएको ओलीको दाबी छ।
स्थानीय सरकारकै पहलमा भारतीय दुतावास मार्फत बौद्ध कलेज सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको देखिन्छ । सरकार बौद्ध कलेज सञ्चालनकालागि अनुमतिदिने अवस्थामा छ । यस्तो अवस्थामा ओलीको यो अभिव्यक्ति ओलीको आडम्वरी राष्ट्रवाद हो या सत्तागुमाएको झोकमा प्रधानमन्त्री प्रचण्डलाई विषवमनहो विस्तारै रहस्यहरु बाहिरिएला । तर मुस्ताङमा बौद्ध कलेज विश्वविद्यालय त्यो पनि भारतको सरकारको अनुदानमा अरु धेरैलाई मन परेको छैन । लगानीमा स्वार्थ नभए पनि भु–राजनीतिक संवेदनशीलता र प्रक्रियागत रुपमा समेत यो उचित नभएको विज्ञहरुको तर्क छ ।
नेपालको शिक्षा स्वास्थ्य मात्र नभई मन्दिर गुम्वाहरुको पुर्ननिर्माणमा भारत सरकारको सहयोग नयाँ होइन । तर बदलिँदो भु–राजनीतिक परिदृश्य र यस्ता लगानीवा अनुदान स्वीकार गर्दै गर्दा नेपालको संवेदनशील भु–अवस्थितिलाई भने गम्भिर रुपमा विश्लेषण गर्न सरकारलाई चुक्ने छुट छैन । सित युद्धमा रहेको भारत चिन सम्बन्धलाई बल पु¥याउने कामगर्ने छुट असल छिमेकीलाई पटक्कै छैन । राष्ट्रहित अनुकुल छिमेक सम्बन्धप्रयोग गर्न तर्फ सरकारको ध्यानकर्षण हुन जरुरी छ । भारतको लगानीमा चीनको सीमा क्षेत्रमा बन्नलागेको बौद्ध कलेज निर्माणमा सरकारले कत्तिको बुद्धिमत अपनाउँ छ चासोपूर्ण हुनेछ ।
प्रतिक्रिया