काठमाडौँ — रुस–युक्रेन युद्वको एक वर्ष वित्दा पनि युद्ध रोकिने कुनै सङ्केत छैन । युक्रेनको पूर्वीशहर बाख्मुतमा भीषण सडक संघर्ष चलिरहेको छ । बाख्मुतलाई कब्जामा लिन रुसी सेना सडक संघर्षमै उत्रिएपछि युक्रेनी सेनाले शहरलाई रुसी कब्जामा जानबाट जोगाउने अन्तिम प्रयास गरिरहेको छ । गत फेब्रुअरी २४ बाट सुरु भएको रुस–युक्रेन युद्वको १ वर्ष वित्दा पनि युद्ध रोकिने कुनै सङ्केत छैन । दुवैतर्फ गरी खर्बौको भौतिक क्षति भएको छ भने लाखौंको ज्यान गइसकेको छ ।
अहिले बाख्मुत क्षेत्रलाई कब्जामा लिन रुसी सेना सडक संघर्षमै उत्रिएपछि युक्रेनी सेनाले शहरलाई रुसी कब्जामा जानबाट जोगाउने अन्तिम प्रयास गरिरहेको छ । खण्डहरु बनेको शहरमा अहिले पनि करिब ४ हजार मानिस बसिरहेको छ । युद्ध अघि सोही शहरको जनसंख्या ७५ हजार रहेको थियो । रूसी सेनाले नियन्त्रित क्षेत्रहरूलाई तीन तर्फबाट आक्रमण गर्नको लागि कमजोर बनाएको छ । बाख्मुतका उपप्रमुख ओलेक्ज्याण्डर मार्चेन्कोले रुसीहरूले सहर बचाउने कुनै लक्ष्य नभएको र युक्रेनी जनताको नरसंहार गर्न चाहेको आरोप लगाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार बाख्मुत क्षेत्रमा स्थिति झन्झन् कठिन भएको बताइएको छ । उनले भने मलाई विश्वास छ कि हामीले हाम्रो एक इन्च जमिन दुश्मनलाई दिनु हुँदैन हामीले हाम्रो भूमिको रक्षा गर्नुपर्छ हामीले हाम्रा मानिसहरूको रक्षा गर्नुपर्छ र हामीले यस भूमिमा भएका व्यवसायहरूको रक्षा गर्नुपर्छ उनीहरू बख्मुतलाई नष्ट गर्न चाहन्छन् । तिनीहरूले मारिउपोल र पोपस्नासँग गरेझैं सहरलाई नष्ट गर्न चाहन्छन राष्ट्रपति जेलेन्स्को भनाई छ । रुसी सेनाले आक्रमणको सुरुमा दक्षिण पूर्वी बन्दरगाह सहर मारिउपोलमा घेरा हालेको थियो र तीन महिनाको तोप बमबारी पछि नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया