Breaking

राष्ट्रपतिमा रामचन्द्र पौडेल उपयुक्त हो: कृष्णबहादुर महरा


काठमाडौँ — नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले शान्ति प्रक्रियाको अधुरा काम पूरा गर्न र संविधान रक्षा, गणतन्त्र रक्षाका लागि राष्ट्रपतिमा रामचन्द्र पौडेल उपयुक्त पात्र भएको बताएका छन् । विराटनगरमा आज प्रदेश सभा सदस्यहरूसँगको अभिमुखीकरणमा बोल्दै महराले गणतन्त्रको रक्षा सबैको दायित्व भएको बताए । गणतन्त्रको रक्षा र शान्ति प्रक्रियाको पूर्णताका लागि रामचन्द्र पौडेल नै उपयुक्त पात्र हो,’ उनले भने, ‘गणतन्त्रको रक्षा सबैको दायित्व हो ।

शान्ति प्रक्रियालाई टुंगो लगाउन पनि १२ बुँदे तथा शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु मिल्न जरुरी रहेको महराले बताए । गणतन्त्र धर्म निरपेक्षता र संविधान उल्ट्याउने खेल भइरहेको दाबी गर्दै उनले भने, ‘नेकपा एमालेसँगको पछिल्लो दुई महिनाको सहकार्य ज्यादै सकसपूर्ण रह्यो । यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। ८ दलबाट पौडेल र एमालेबाट सुवास नेम्वाङ राष्ट्रपति उम्मेदवार छन् ।