देश

पात्ले ओखलढुंगा शेर्पा समाजले लोसार संस्कृतिक कार्यक्रम गर्दै


काठमाडौँ — पात्ले ओखलढुंगा शेर्पा समाज सेवाले ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाले फागुन २१ आइतबार काठमाडौँको बौद्ध स्थित शेर्पा सेवा केन्द्रमा २१५० औँ क्ष्यू मो ह्ये लो’ (खारायो वर्ष) को शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक ओङढा शेर्पाले योहो खबरलाई जानकारी दिनुभयो ।

लोसार शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रम यो वर्ष भव्य रुपमा आयोजना गर्न लागिएको कार्यक्रम संयोजक शेर्पाले बताउनु भयो । संस्कृतिक कार्यक्रम ख्यातिप्राप्त कलाकारहरू विश्व दोङ, छोङ्बा शेर्पा, दावा के शेर्पा, प्रदीप लामा र आङ तेन्जी शेर्पाको बेजोड प्रस्तुतिको साथमा विश्व कीर्तिमानी डिजे छेवाङ शेर्पाको डिजेसेसन् समेत रहेको शेर्पाले बताउनुभयो ।