काठमाडौँ — अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरको नयाँ सैन्य सहायता प्याकेज प्रदान गर्ने घोषणा गरेको हो । अमेरिकाले युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । युक्रेन युद्धलाई अमेरिकाले अनगिन्ती सैन्य सहयोगहरु गर्दै आएको छ । अमेरिकाको सहयोगले शक्तिशाली बन्दै गएको युक्रेन पछि नहट्ने निर्णयले युद्ध झन लम्बिने अवस्था छ । पछिल्लो समय संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सुरक्षा सहयोगको घोषणा गरेको हो ।
राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सीएनएनलाई बताए । यद्यपि उनले प्याकेजमा प्रदान गरिने सहायता र हतियारको विवरण भने दिएका छैनन् । अप्रत्यासित रूपमा किभ पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको विजयका निम्ति आवश्यक सहयोग उपलब्ध गराउने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसमक्ष बाचा गरेका थिए । सहायतामा गोला बारूद तथा युद्ध उपकरण समावेश हुने अपेक्षा गरिएको छ । अमेरिकाले प्रदान गर्ने यो सहयोग यसअघि गरिएको सैन्य सहायताको निरन्तरता भने होइन । गत फेब्रुअरी २४ बाट सुरु भएको रुस–युक्रेन युद्वको १ वर्ष वित्दा पनि युद्ध रोकिने कुनै सङ्केत छैन ।
गएको सेप्टेम्बरमा झन्डै छ हजार रुसी सैनिकको ज्यान गएको बताएपनि त्यसयता रुसले क्षतिको कुनै जानकारी गराएको छैन । युक्रेनतर्फ भने डिसेम्बर सम्ममा १० देखि १३ हजारसम्म युक्रेनी सैनिकको ज्यान गएको जनाएको छ । युक्रेनलाई सघाइरहेको अमेरिकी प्रशासनले भने दुवैतर्फ कम्तीमा एक लाख सैनिकको ज्यान गएको हुनसक्ने बताएको छ । यद्यपि ज्यान गुमाउने गैरसैनिकको सङ्ख्याबारे भने केही बताएको छैन । रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ ।
रुसले गत २४ फेब्रुअरीमा अत्याधुनिक हतियार र करिब २ लाख आधुनिक सेनासहित युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुगेको छ । यसबीचमा दुवैतर्फ गरी खर्बौको भौतिक क्षति भएको छ भने लाखौंको ज्यान गइसकेको छ । अमेरिकाले युक्रेनलाई गरेको थप सैन्य सहायता र अमेरिकी राष्ट्रपति बाइडेनको पछिल्लो अभिव्यक्तिले रुस–युक्रेन युद्ध अझै लम्बिने अनुमान छ ।
प्रतिक्रिया