देश

बागमती करिडोरमा गायक धिरज राईको प्रस्तुती हुँदै


काठमाडौँ — पछिल्लो वर्षहरुमा रंगहरुको पर्व होलीमा सांगीतिक कार्यक्रमहरुले पनि स्थान पाउन थालेकाछन् । कोरोना महामारीका कारण बिगत तीन वर्ष देखि सार्वजनिक कार्यक्रमहरुमा कमी आएको थियो । यसै क्रममा, बागमती करिडोर क्षेत्रमा व्यवसायहरु गरिरहेको बागमति करिडोर उद्यमी संघले पनि आउँदो फागुपुर्णिमामा होली हंगामा नामक सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

press meet

कार्यक्रममा सदाबहार पप गायक धिरज राईको विशेष प्रस्तुती रहने कार्यक्रममा डिजे ज्यापुले डिजे सेसन सञ्चालन गर्नेछन् । कार्यक्रम आउदो फागुन २२ गते आयोजना हुनेछ भने कार्यक्रमको् मुख्य आकर्षण डिजे सेसन, फुड स्टल, लाइभ म्युजिक शो, कमेडी शो रहनेछ । इजी वे ड्राइभिङ स्कुल दोभान पुल शंखमुलमा आयोजना हुने कार्यक्रममा स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती दिने बताइएकोछ । कार्यक्रममा एक्स्ट्रिम ब्याण्डले आफ्ना प्रस्तुती दिनेछ । ११ बजे बिहानबाट सुरुहुने कार्यक्रम सो दिन बेलुकी ५ बजे सम्म सञ्चालन हुने कार्यक्रम संयोजक आयुष श्रेष्ठले जानकारी दिए ।