Breaking

कृषकको समस्या समाधान गर्न सरकारसँग राष्ट्रपतिको आग्रह


काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पशुपालन क्षेत्रमा देखिएको समस्या समाधान गर्न सम्बन्धित पक्षहरुसँग आग्रह गरेकी छन् । दोलखाको चरिकोटमा आज (बिहीबार) आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले पछिल्लो समयमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तुले बजार नपाएकामा चिन्ता व्यक्त गरेकी हुन् ।

कृषिजन्य वस्तुका बजारीकरणकै समस्याका कारण कृषि क्षेत्रका दक्ष जनशक्ति पलायन हुने क्रम बढेकामा राष्ट्रपति भण्डारीको चिन्ता थियो । उनले हिमाली क्षेत्रका पशुपालक किसानका समस्या पनि थपिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई समास्या समाधान गर्न आग्रह पनि गरिन् ।