Breaking

आठ दलले आज संघीय सांसदलाई प्रशिक्षण दिने


काठमाडौँ — राष्ट्रपति निर्वाचनमा एउटै मोर्चा बनाएका ८ दलले आज आफ्ना संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् । आज राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो ।

राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई बिहीबार दिउँसो १ बजेदेखि प्रशिक्षण दिने कार्यक्रम रहेको छ । प्रशिक्षण रोयल बैंक्वेट तीनकुनेमा हुने छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रशिक्षण कार्यक्रममा कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई खबर गरिएको छ ।