Breaking

प्रदेश १ को नाममाथि छलफल सकियो


काठमाडौँ — प्रदेश १ प्रदेशसभा बैठकमा नामकरणमाथिको छलफल सकिएको छ । बुधबार दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएको हो । प्रदेशसभामा नेकपा एमालेले कोशी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ । सोही नामका विषयमा सांसदलहरुले छलफलमा सहभागिता जनाए ।

यता नामकरणमाथि छलफलका क्रममा जसपा सांसद निर्मला लिम्बू प्रदेश १ को प्रदेशसभामा भक्कानिएकी छन् । प्रदेशको नाममा आफूहरुले राखेको किरात लिम्बुवान सगरमाथा नाम अस्वीकृत भएपछि स्वास्थ्य मन्त्री समेत रहेकी लिम्बू प्रदेशसभामा भक्कानिएकी हुन् । पहिचानको मुद्दालाई बहुमतले दबाबइएको उनको गुनासो छ ।