Breaking

प्रदेश १ को नामकरण हुँदै


काठमाडौँ – लामो समयदेखि थाती रहेको प्रदेश-१ को नामकरणको विषयले आज प्रदेश सभामा प्रवेश पाउने भएको छ ।

राजनीतिक दलहरुले आज बस्ने प्रदेशसभा बैठकमा नामाकरणको विषय टुंगो लगाउने तयारी गरेका हुन् । नामै राख्न नसकेर एक कार्यकाल गुजारेको प्रदेश १ ले आज अबेरसम्म प्रदेशसभामा छलफल गरेर भए पनि नाम टुंगो लगाउने तयारी गरिएको हो ।

यद्यपि यो विषयलाई प्रदेश १ सरकार केही बोलेको छैन् । प्रदेश १ सरकारका प्रवक्ता समेत रहेका मन्त्री भक्क्ति सिटौलाले सरकारकारले नामकरणको विषयलाई पहिलो प्राथमिकतामा राखेकाले सरकारको तर्फबाट प्रदेश सभामा नामाकरण लैजाने विषयमा सरकारको मुल काम भएको बताए ।

केही समयदेखिको निरन्तर दलहरुका नेताहरुबीच भएको गोप्य छलफलपछि आज संसदमा नामकरणको विषय प्रवेश गराउने तयारी गरिएको छ । बिहान १० बजे सर्वदलीय छलफलपछि प्रदेश सभामा प्रक्रियाका लागि नामले प्रवेश पाउने छ । प्रदेशसभा बैठक विहान ११ बजे बस्दै छ ।

नेपालको संविधानमा प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ जनाको संसद छ । जसमध्ये नामकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिन्छ।

प्रदेश १ प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एकीकृत समजावादीका ४ र जसपाको १ जना सांसद छन् । सत्तापक्ष र विपक्षमा विभाजित हुँदा कसैको पनि दुई तिहाई मत पुग्न सक्ने सम्भावना कम रहेको कारण सर्वसम्मतिमै नामको टुंगो लगाउने तयारी गरिएको नेताहरु बताउँछन् ।