Breaking

चितवन–२ मा रास्वपाबाट रवि लामिछानेलाई उम्मेदवार बनाउने


काठमाडौंँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई चितवन–२ मा उम्मेदवार बनाउने भएको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले उम्मेदवारी मनोनयनको केही समयअघि यसविषयमा औपचारिक निर्णय गरिने बताए ।

उनले भोली १६ गते उपनिर्वाचनमा भाग लिनका लािग दल दर्ता गरिने बताए । गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट सभापति लामिछाने विजयी भएका थिए । तर, नागरिकता विवादमा मुछिएका कारण उनको सांसद पद गएको थियो ।