देश

अभिनेत्री शिल्पा पोखरेलको पक्षमा अदातलको फैसला, सम्पत्ति र ऋण आधा


काठमाडौँ — अभिनेत्री शिल्पा पोखरेलले निर्माता छविराज ओझाविरुद्धको मुद्धा जितेकी छन् । काठमाडौं जिल्ला अदातलले शिल्पाको पक्षमा फैसला सुनाएको छ । शिल्पाले २०७६ सालमा ओझाविरुद्ध सम्बन्ध विच्छेद र माना चामलको मुद्दा दिएकी थिइन् । उक्त मुद्धामा पोखरेलको पक्षमा फैसला गर्दै अदालतले वैवाहिक सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋणको आधा हिस्सा शिल्पाले बेहोर्नुपर्ने पनि फैसला गरेको छ ।

यस्तै अदालतले छविले आफ्नो भागको सम्पत्ति शिल्पालाई आधा दिनुपर्ने फैसला सुनाएको छ । यो सँगै दुबै जना कानुनी रुपमा अलग भएका छन् । शिल्पाले सामाजिक संजालमा एक स्टाटस लेख्दै छवि ओझाविरुद्धको मुद्धामा आफ्नो जीत भएको र न्याय पाएको बताउकी छिन् ।