Breaking

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन् ।

गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहान ११ बजे त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड बारपाक सुलिकोट गाउँपालिकामा आयोजित दिलबहादुर रम्तेलको स्मृति सभा, ’सहिद’ परिवारलाई सम्मानलगायत कार्यक्रमा सहभागी हुने प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।

त्यस्तै दिउँसो १ बजे पालुङटार नगरपालिमा मतदाता तथा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको नगरप्रमुख विवश चिन्तनले बताए । माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।