Breaking

राज्यमा शेर्पा समुदायको सम्मानजनक पहुँच हुनुपर्छ : अध्यक्ष शेर्पा


काठमाडौँ – योहो टेलिभिजन अध्यक्ष तथा शेर्पा सेवा केन्द्रका महासचिव आङ काजी शेर्पाले राज्यमा शेर्पा समुदायको सम्मानजनक पहुँच हुनुपर्ने बताउनुभएको छ ।

ग्याल्पो लोसारको शुभकामना दिँदै उहाँले राज्यमा सम्मानजनक पहुँच हुनुपर्नेमा जोड दिनुभएको हो । शेर्पा समुदायको भाषा, कला, सांस्कृतिको संवद्र्धन र पहिचान स्थापित गर्दै समृद्धिको यात्रामा लाग्नुपर्ने उहाँले बताउनुभएको छ ।

‘शेर्पा समुदाय कै कारण विश्वमा नेपाल चिनिएको छ । पर्यटन प्रवद्र्धनका माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुगेको छ । भाषा, धर्म, संस्कार, सांस्कृति र परम्परागत मान्यताहरुलाई स्थापन गर्दै मुलुकभित्र छरिएर रहेका सबै जातिको कला, सहित्य, इतिहसलाई जोगाउँदै पहिचानका आधारमा उनीहरूलाई स्थापित हुन दिनुको विकल्प छैन ।’ अध्यक्ष शेर्पाले भन्नुभएको छ ।

गौरवपूर्ण इतिहास बोकेको शेर्पा समुदायकले नेपालको सभ्यता निर्माण, राजनीतिक परिर्वतनका आन्दोलनमा मात्रै नभएर सगरमाथाको सफल आरोहण गरी प्रकृतिमाथि नै विजयी हासिल गरेको उहाँले स्मरण गर्नुभएको छ । उहाँले शेर्पा समुदायको पहिचान र समृद्धिको कामना गर्नुभएको छ ।

‘नेपाल बहुल धार्मिक, बहुल सांस्कृतिक, जातीय विविधता, विभिन्न धर्मरसंस्कार मान्ने समुदायहरू मिलेर बनेको देश हो । यी सबै समुदायको आ-आफनो धार्मिक र सांस्कुतिक महत्व बोकेको चाडपर्वहरू छन् । यस मध्ये शेर्पा लगायत हिमाली समुदायको क्ष्यू मो ह्ये लो ग्याल्पो लोसार २१५० औं को पावन अवसरमा सम्पूर्ण लोसारप्रेमी समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।