काठमाडौँ – शेर्पा सञ्चार समूह नेपालले आयोजना गरेको सात दिने नेपाली भाषा उद्घोषण तालिम सम्पन्न भएको छ ।
सञ्चारले शुक्रबार नेपाल शेर्पा संघको भवन नारायणटारमा ग्याल्पो लोसार २१५० औँ क्ष्यू मो ह्ये लो खारायो वर्षको अवसरमा राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा तालिम समापन भएको हो ।

उक्त समारोहमा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको संस्थाका महासचिव डोल्मा शेर्पाले जानकारी दिनुभयो ।
सो अवसरमा संस्थाले नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष निर्वाचित गेल्जे लामा शेर्पा र नेपाल आदिवासी जनजाति महिला महासंघको अध्यक्ष निर्वाचित निमी शेर्पालाई बधाई तथा सम्मान गरेको थियो ।


यस्तै संस्थाले नेपाल प्रहरीको सहायक निरीक्षक फुरी शेर्पा र तालिमका प्रशिक्षक तथा शेर्पा समुदायका युवा लेखक तथा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रीय पूर्व महासचिव तथा अनुसन्धानकर्ता सेर्कु शेर्पा सम्मान गरिएको महासचिव डोल्मा शेर्पाले बताउनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले उद्घोषण कला आजको समयमा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले उद्घोषणकलाले मानिसको व्यक्तित्व प्रस्तुत गर्ने भएको हुँदा यो तालिम सबैको लागि र महत्वपूर्ण रहेको बताउनु भयो ।
उहाँले तालिमबाट सिकेका कुरालाई व्यवहारमा लागू गर्नपनि सहभागीहरुलाई अनुरोध समेत गर्नु भयो । उहाँ�


प्रतिक्रिया