Breaking

छैटौं ‘सम्मान मिस लिम्बू’ को काठमाडौँमा अडिसन हुने


काठमाडौँ – मिस लिम्बू छैटौं संस्करणको अडिसन आगामी फागुन ७ मा हुने भएको छ ।

सम्मान मिस लिम्बू प्रतियोगिताको लागि प्रतियोगीहरु छनौंट गर्न आयोजक याक्थुङ युथ एसोसिएसनले काठमाडौँको अनामनगरस्थित सिलौटो कटेजमा मध्यान्ह १२ बजेबाट अडिसन गर्ने भएको हो ।

अडिसनका लागि अन्तिम समयसम्म आवेदन दिन सकिने आयोजकले जनाएको छ । यसअघि पहिलो अडिसन गत माघ २८ गते धरानमा सम्पन्न भईसकेको छ । धरान अडिसनबाट १४ जना प्रतियोगिहरु छनौंट भएका थिए ।

मौलिक कला संस्कृति जगेर्ना तथा लिम्बू समुदायका युवतीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको संयोजक रुकमान लिम्बुले जानकारी दिए ।

ुबौद्धिक विकास र सौन्दर्य पहिचान र संस्कृतिु भन्ने मूल नारासहित हुने प्रतियोगितामा नेपालसहित हङकङ, यूके, सिक्कीम, दार्जेलिङलगायत स्थानबाट पनि युवतीहरुको सहभागिता रहने प्रतियोगिता संयोजक रुकमान लिम्बूले बताए । उनका अनुसार प्रतियोगितामा करिब ३० जना युवतीहरु सहभागी रहनेछन् ।

प्रतियोगिता विजेताले नगद ५० हजारसहित एउटा स्कुटर, दोस्रो हुनेले १ लाख तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै मिस नेपाल आयोजक हिडन ट्रेजरको मापदण्ड पूरा गरेको खण्डमा विजेता मिस लिम्बूलाई आउँदो मिस नेपालमा सिधै प्रवेश गराइने संयोजक लिम्बूले बताए । सहभागिताका लागि एसईई उत्तीर्ण गरेका १७ देखि २६ वर्ष उमेर समूहका अविवाहित लिम्बू युवती हुनुपर्ने मापदण्ड तोकिएको छ ।

प्रतियोगितालाई पूर्वमिस नेपाल तथा कोरियोग्राफर सदीक्षा श्रेष्ठले कोरियोग्राफी गर्नुका साथै साथै पूर्वमिस नेपाल माल्भीका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ, डिबी आङ्बुहाङलगायतले व्यक्तित्व विकासको तालिम दिनेछन् ।