Breaking

जनताको दुःख नदेख्ने निर्दयी सरकार, नागरिक झन् झन् आर्थिक संकटमा, महंगीले ढाड सेकियो

योहो संवाददाता

काठमाडौँ— आफ्नो दैनिकी सहज बनाउन भोट दिएर सरकारमा पठाएकाहरु नै अहिले जनताप्रति कठोर बन्दै गएका छन् । आम मानिसले दैनिक जीवनमा भोगिरहेका समस्याहरु प्रति सरकार संवेदनशील बन्न नसक्दा कष्टकर बनिरहेको छ ।

लोकतन्त्रमा जनताको दैनिकी सहज गराउनु राज्यको पहिलो प्राथमिकता मानिन्छ । तर, अहिले नेपालको स्थिति हेर्ने हो भने, सरकारले जनताको संवेदनशीलतामाथि नै प्रहार गरिरहेको देखिन्छ । स्थानीय देखि केन्द्र सरकार नागरिकको दैनिकी असहज बनाउने तर्फ लागिपरेको छ ।

महानागरले सडकमा मकै पोल्नेहरुलाई उठाउँदा उनीहरु अर्कै पेशामा लाग्न बाध्य भएको भन्दै अनुराधा कोइरालासहितको टोलीले काठमाडौँ महानगरपालिकालाई ज्ञापनपत्र नै बुझाएको थियो । हिजो सडकमा आफ्नो दैनिकी गुजारा गर्न फुथपाथमा बसेकाहरु त त्यहाँबाट हटे तर, अहिले मैहु भन्ने ठूला व्यापारीहरु भने नै सडकमा छन् । विगत ३ महिनामा नेपालामा दैनिक उपभोग्य सामानको मुल्य ठ्याक्कै डबलिएको छ । मुल्यवृद्धिकै कारण जीवन धान्न धौ धौ भइरहेको छ । एक त देशमा श्रम पाउन नै मुश्किल, पाइहाले पनि उधारोमा काम गर्नुपर्ने बाध्यता । यस्तो अवस्था आउँदा पनि मानव जिवनको दैनिकी प्रति भइरहेको सकसले सरकारलाई छुन सकेको छैन ।

व्यापारीको व्यापार छैन । भएका उद्योग कलकारखाना पनि बन्द गर्नु पर्ने अवस्थामा पुगेको छ । बैंकको व्याजले उद्योगीहरु हायल कायल छन् । तर, सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत पाएको प्रचण्ड सरकार भने लोकप्रियताका लागि जनता झुकाइरहेको छ । प्रधानमन्त्री भएको सुरुका दिनमा भारतबाट बढेरै आएको पेट्रोल पनि सस्तो लोकप्रियताका लागि मुल्य घटाएको प्रचण्ड सरकारले फेरि मुल्य बढाएर जनता झुक्काउने काम गरेको छ । आमनागरिकको दैनिकी असहज हुँदै गर्दा जनताले भने राज्य भए वा नभएको केही महसुस नै गर्न सकेका छैनन् ।

विकास भनेको कालोपत्रे मात्रै पनि होइन । देशका नागरिकको दैनिकी सहज बनाउन सके पूर्वाधार गौड बनाउँदा फरक पर्दैन । यसो भन्दै गर्दा पूर्वाधारको विरोध गर्न पर्छ भन्ने तर्क पनि होइन । नागरिकको दैनिक जीवनयापन कठिन बन्दै गर्दा पूर्वाधार विकासले खास्सै अर्थ राख्दैन । ऐतिहासिक विश्वासको मत पाएकाले देशको नेतृत्व गरिरहँदा जनताको कष्टकर जिवन मुद्धा बन्न सकेको छैन । उनीहरु गृह र राष्ट्रपतिमा नै अल्झिरहेका छन् ।

सरकार मानवीय संवेदनशीलतामा कठोर त बन्दै गएको छ नै, सत्ता लोलुप्ताले जनताका समस्याको नजरअन्दाज पनि गरिहेको छ । फुथपाथ देखि महलमा व्यापार गर्नेहरु सब सडकमा छन् । उनीहरुलाई राज्यले अभिभावक भएको महसुस गराउन आवश्यक छ ।