देश

उच्च अङ्कले घट्यो शेयर बजार


काठमाडौँ— हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८७ विन्दुमा झरेको हो ।

सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दुई सय ५३ वटा कम्पनीका ८१ लाख ३९ हजार कित्ता शेयर तीन अर्ब चार करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १४ करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।