देश

सुनचाँदी दुवैको मूल्य घट्यो


काठमाडौँ — नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९शुक्रबार० छापावाल सुन प्रतितोला एक लाख तीन हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन हिजो प्रतितोला एक लाख चार हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुन शुक्रबार एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीबार तेजाबी सुन एक लाख चार हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । महासंघले हिजो को तुलनामा आज सुन प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ । यसैगरी बिहीबार एक हजार तीन सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ ।