देश

खड्काको ‘समिपै पाए’गीत सार्वजनिक


काठमाडौँ — गीतकार निरकमल खड्काको ‘समिपै पाए’बोलको गीत सार्वजनिक भएको छ। खड्काको शब्द तथा सुवानी मोक्तानको स्वर रहेको उक्त गीत व्ल्यु लोटस ईन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा वरिष्ठ तथा चर्चित संगीतकार शिला वहादुर मोक्तानको संगीत दिएका छन् भने एरेन्ज पनि उनकै रहेको छ । उषा उप्रेती र दिपकराज विश्वकर्माको अभिनय रहेको गीत खड्काको यो बर्षकै दोश्रो सांगीतिक कोसेलीका रुपमा सार्वजनिक भएको हो ।

राजिव शाहको मिक्सिङ रहेको यो गीतको भिडियो निशल पौडेलले खिचेका हुन भने भिडियो निर्देशन भने युवराज वाईवाले गरेका छन् । विदेशमा रहेर नेपाली संगीतमा योगदान गरिरहेका खड्काको यस अघि भुल्न गाह्रो भो,कहाँ राँखु प्रिय,नक्कली कान्छी लगायतका गीत सार्वजनिक भइसकेका छन् ।