Breaking

खस्कदो अर्थतन्त्र सुधार्ने उपाय के ? पूरक बजेट ल्याउन किन तयार छैनन् अर्थमन्त्री ?


काठमाडौँ — शिथिलअबस्थामा रहेको देशको अर्थतन्त्र सुधारका उपायवारे वहस भईरहेको छ । तरलताको अभाव,उच्चव्याजदरका कारण व्यवायासी सडकमा आँउदा सरकार भने अर्थतन्त्र सुधारको उपायको खोजीमालागेको हो । यहिवीचमा अर्थविद्हरुले भने यसको सुधारका लागि पुरक बजेट ल्याउन सकिने सुझावदिएकाहुन । शिथिलअवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमाने पूरक बजेट ल्याउनुपर्ने अर्थव्दिहरुले सुझाएका छन । पछिल्लो समय बैंकिङ प्रणालीमा रहेको तरलताको अभावतथाउच्चब्याजदरलाई नियन्त्रण गर्दैै बजारमा तरलता सहजबनाउनको लागि पूरक बजेट जरुरी रहेको उनीहरुको भनाई छ ।

सरकारले ल्याएकानीतिगतप्राथमिकता र साझान्युनतमकार्यक्रमप्रभावकारी कार्यान्यनकोे लागिभएपनि पूरक बजेट आवश्यक रहेको औल्याएकाउनीहरुले अहिलेको बजेटमा सरकारका साझान्युनतमकार्यक्रम समावेश नभएको भन्र्दै साझाकार्यक्रमकार्यान्वयनगर्नेगरी पूरक बजेट आवश्यक रहेको बताए ।सरकारले बजारमालगानीयोग्य रकम सहजबनाउन र अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटलाई मध्यावधिक समिक्षामार्फत आर्थिक वृद्धिदर,मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्नुपर्ने उनीहरुकोभनाई छ ।

अर्थविद् डा.डिल्लीराजखनालसरकारले पूरक बजेटको नाममाजथाभावी,मनपरि ढङ्गले अर्को बेथितिनिम्त्याउने र वित्तीय अराजकतासिर्जना गरेर थप समस्या बढ्न नदिने गरी अहिलेकै बजेट भित्रपुनःसंरचना गरेर पूरक बजेट ल्याउनआवश्यक रहेको बताउछन् । बजेटमा राखिएको राजश्व संकलनलक्ष्यअनुसार २ खर्ब बढीले राजश्व भेटिन नसक्ने आँकलन रहेको बताएकाखनालले खर्च कटौतिगर्न पनि पूरक बजेट आवश्यक रहेको तर्क गरे ।

त्यस्तै,नेपाल राष्ट्र बैंककापूर्वगभर्नर डा. चिरञ्जीवि नेपालपनि सरकारले बजारमालगानीयोग्य रकमबजारमा पठाउन अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्ने बताउछन् ।वर्तमान सरकारले पछिल्लो समय अर्थतन्त्र र उद्योगीव्यवसायीहरुका समस्या समाधानगर्न मागहरु सुनेको देखिएको बताएकाउनलेचालु आर्थिक वर्षको बजेटलाई मध्यावधिक समिक्षा गरेर आर्थिक वृद्धिदर,मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्न आवश्यक रहेको औल्याएका छन ।

अहिले सरकारले अर्थतन्त्रलाई जबर्जस्तिदबाएर राखेको भन्दै बजारमालगानीयोग्य रकमनभएर व्यवसायीहरुले चाहेर पनिलगानीगर्न नसकेको उनको दावी गरेका नेपालराष्ट्र बैंकले क्षमताअनुसार बजारमालगानीयोग्य रकम पठाउने उपाय गरेपनिअपुगभएकाले सरकार सक्रियहुनआवश्यक रहेको बताउछन् ।

त्यस्तै,नेपाल राष्ट्र बैंककापूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान सरकारको अर्थतन्त्रलाई चलायमानबनाउने मौका चुकाउननहुने बताएका छन् । पूर्वगभर्नर क्षेत्रीले अघिल्लो सरकार हुँदासँगमुलुकको अर्थतन्त्रबिग्रियो,भत्किहाल्यो भन्ने गरिएपनिवर्तमान सरकार आएसँगै अर्थतन्त्रमा केही सकारात्मक सुधार देखिएको स्वीकार गरे । डा.नेपालले ८ प्रतिशतआर्थिक वृद्धि हुननसक्ने देखिएपनि क्षेत्रीले भने सरकारले तिब्ररुपमाकामगर्नसके ८ प्रतिशतआर्थिक वृद्धि हुनसक्ने आँकलनगरे भने पछिल्लो समय अर्थतन्त्रकामुख्य सूचक रेमिट्यान्स बढ्ने,व्यापार घाटा कमहुने अवस्था सकारात्मकताको संकेत भएको क्षेत्री बताउछन् । खस्कदो अर्थतन्त्र सुधारका लागि अर्थविदहरु सरकारले भ्रष्टाचार न्युनिकरणका निम्तिशुन्य सहनसिलताको नीतिलिएर अगाडि बढ्न पर्ने बताउछन् ।

सिमित स्रोत र साधनलाई अधिकतमप्रयोग गरी पुँजीगतखर्च बढाउने गरी ट्यास फोर्स नै बनाएर सरकार अगाडि बढ्नुको विकल्पनभएको बताउने उनीहरु साझा सुझावका रुपमाअहिले पुरक बजेट देखिएको छ । जहाँअर्थमन्त्री विष्णुप्रसाद पौडेल पूरक बजेट ल्याउने पक्षमा देखिएका छैन । यद्यपीसार्वजनिकखर्चमामितव्ययिताकायमगर्ने र बजेट समिक्षामार्फत चालु खर्च अझै घटाइने बाटोमाभने पौडेल लागि परेका छन् ।