Breaking

व्यवस्था र नेतामाथि विप्लवको प्रहार, कम्युनिस्ट एकताको प्रयास सफल होला ?


काठमाडौँ — नेत्रविक्रमचन्दविप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्रकार सम्मेलनमार्फत आरोपको वर्षात नै गरेको छ । विप्लवको अचानकभएको काठमाडौँ आगमन र कम्युनिष्ट एकताको चर्चाविच केहि नयाँविषयआउने आशागरिएको पत्रकार सम्मेलनमाउनले प्रश्न र आरोपको फायर खोलेका हुन । नेकपाकामहासचिव नेत्र विक्रमचन्द्र ‘विप्लव’ले विदेशीको इसारामा सरकार बन्ने र ढल्ने गरेको दाबीगरेका छन् । आज९औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिकगर्न काठमाडौंमाआयोजितपत्रकार सम्मेलनमामार्फत आरोपको फायर नै खोलेका उनले नेपालको अर्थतन्त्रसमेत विदेशीकै निर्देशनमानिर्माण हुने गरेको दाबी गरे ।

नवउदारवादीनीतिको कारणले नेपालको अर्थतन्त्रलाई टाट पल्टाउने र मुठीभर विदेशीएकाधिकार पुँजीपतिहरुले नेपालमाभएको अर्थतन्त्रमाकब्जाजमाउने परिस्थितिको अन्त्यहुनआवश्यक रहेको बताएकाउनले २ सय परिवारको हातमा नेपालको आधा सम्पत्ति रहेको आरोप समेत लगाए । पछिल्लो राजनीतिकअवस्थाप्रति समेत टिप्पणी गरेका विप्लवले नेकपामाओवादीले लडेर ल्याएको जनयुद्धको फलकाँग्रेसले कुुर्सीमाउपरखुट्टीलगाएर खाइरहेको बताएकाउनले माधव नेपाल र केपीओलीहरु त्यतिवेलाकुनदुलाभित्र बसेका थिएभनेर प्रश्न समेत उठाएका छन ।

राजनीतिक वृत्तमासमाजवादी केन्द्र र कम्युनिष्ट एकताको विषयमाचर्चा चलिरहेका वेलाउनले सरकार र सरकार बाहिर रहेका दलहरुसँग बहस गरेर विचार मिल्नेसँग एकता र नमिले कार्यगतएकतागर्नेगरी अघि बढेकोसमेत बताएका छन । जहाँविप्लव नेतृत्वको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताको नीतिपारित गरेसँगै पूर्वमाओवादीहरूबीच पार्टी एकीकरणको चर्चा बढेको छ भने माओवादी केन्द्रले एकताकै लागिकार्यदल नै बनाएर अघि बढेको छ । यसैका लागि कम्युनिष्ट नेताहरुको वढ्दो दौडधुपका विचविप्लवको यो अभिव्यक्तिले त्यसमाअझमलजल गरेको छ ।

अहिले सहिद परिवार र माओवादीहरुलाई अपराधी जस्तो ठानेकोप्रतिआक्रोश पोखेकाविप्लवले दलाल र माफियाको विरुद्ध आफूहरु संघर्षमाजाने बताएका छन् । विशेषततत्कालिन सरकारसंग आफूहरुले गरेको सम्झौताकार्यान्वयननभएको विषयमा असन्तुष्टीर पार्टी नै फुटेको रन्कोमा रहेका विप्लव पछिल्लो समय खासै चर्चामाआएकाथिएनन् । तर तरल राजनितिका कारण विकसित तरङका विचपार्टीको बैठक सकेर कलिवस्तुको शिवगढीबाट शनिवार काठमाडौँ उत्रेका विप्लवप्रधानमन्त्रीपुष्पकमलदाहाललाई भेट्न आएकाहुन् ।प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रकाप्रवक्ता कृष्णबहादुर महरालाई भेटेका उनले बन्दीबनाइएकाआफ्ना नेताकार्यकर्ताको रिहाई र मुद्दा फिर्ताका विषयमा छलफल गरेको बताईको छ ।

फलत ः सम्मेलनमा कम्युनिष्ट एकता र प्रचण्डको प्रतिवद्धताहरुका वारे बताईने आशागरिएपनित्यसको विपरित आन्दोलनकाबारे जानकारी दिईएको हो । केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिकगर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्नो पार्टीले फागुन ५ र १५ गते चर्को महँगीविरुद्ध देशव्यापीविरोध गर्ने जानकारी दिएकाहुन ।

अहिले विप्लव नेतृत्वको नेकपा नै फुटको अवस्थाव्यहोरिरेको छ । तर विप्लवले आफ्नो दलबाट विभाजितभएर धर्मेन्द्र बास्तोलाको नेतृत्वमा बनेको नेकपा (बहुमत) र आफू छुट्टिएको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सँग समेत एकताको पहल गरेका छैनन्भने उनले लिएको नितिले उनको पार्टी जोगाउनै हम्मे पर्ने अवस्थासिर्जना हुदै गएको छ । यहि परिस्थितीकाविच पछिल्ला समय सडक तताउने रणनितिमोनेकपा देखिन्छ ।