Breaking

टर्की र सिरियामा सोमबार बिहान गएको शक्तिशाली भूकम्प, तस्वीरहरू


टर्की र सिरियाको सीमामा केन्द्रविन्दु भएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । दुवै देशमा चार हजार ३०० भन्दा बढीको मृत्यु भइसकेको छ। टर्कीमा दुई हजार ९२१ जनाले ज्यान गुमाएका छन् भने १५ हजारभन्दा बढी घाइते भएका छन् ।

यस्तै सिरियामा एक हजार ४४४ जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी घाइते भएका छन् । टर्कीको गाजियान्टेप प्रान्तको नुरडागीबाट २३ किलोमिटर पूर्वी क्षेत्र केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पको धक्का लेबनन, साइप्रस र इजरायलसम्म महसुस गरिएको थियो । टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले टर्कीमा मात्रै १३ हजार जना घाइते भएको जनाएका छन् । भूकम्पका कारण सिरियामा ३ हजार घाइते भएका छन् ।

घाइते मध्ये अधिकाशंको अवस्था गम्भीर रहेकोले मृतकको संख्या अझ बढ्न सक्नेछ। अध्याधिक चिसोका कारण उद्धार कठिनाइ भएको छ । टर्कीका १० वटा सहरमा क्षति पुगेका छन् भने १७ सयभन्दा बढी भवन क्षतिग्रस्त भएका छन् । सिरियाको एलेप्पो, हामा, लाटाकिया र टार्टसमा बढी क्षति पुगेको छ ।

यो भूकम्प यस क्षेत्रमा १ सय वर्षयताकै ठूलो भएको बताइएको छ । भूकम्पपछि दर्जनौं परकम्प गएको टर्कीको प्रकोप तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ ।