Breaking

शेर्पा सञ्चार समूहले ७ दिने उद्घोषण तालिम सञ्चालन गर्दै


काठमाडौँ – शेर्पा सञ्चार समूह नेपालले सात दिने नेपाली भाषा उद्घोषण तालिम सञ्चालन गर्ने भएको छ । सञ्चारले नेपाल शेर्पा संघको भवन नारायणटारमा ग्याल्पो लोसार २१५० औँ क्ष्यू मो ह्ये लो खारायो वर्ष) अवसरमा ७ दिने उद्घोषण तालिम सञ्चालन गर्न लागि संस्थाका महासचिव डोल्मा शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाको अनुसार माघ २७ गतेदेखि फागुन ४ गतेसम्म लोसारको अवसरमा ७ दिने उद्घोषण तालिम गर्न लागिको बताउनुभयो । शेर्पाले तालिममा सहभागी हुन चाहने इच्छुक व्यक्तिलाई सम्पर्क गर्न समेत अनुरोधसमेत गर्नुभयो ।

संस्थाले शेर्पा समुदायको भाषा, कला र संस्कार संस्कृतिलाई संरक्षण तथा संवद्र्धन गर्नुका साथै समुदायलाई पत्रकारिताको मुलधारमा ल्याउने उद्देश्यले विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा लाग्न नचाहने व्यक्तिहरूलाई विभिन्न तालिम प्रदान गर्दै आएको छ । संस्थाले शेर्पा तथा नेपाली भाषामा उद्घोषण तालिम, समाचार लेखन र फोटो पत्रकारिता सम्बन्धी तालिम वार्षिक रुपमा सञ्चालन गर्दै आएको संस्थाक अध्यक्ष पासाङ शेर्पाले बताउनुभयो ।

संस्थाले शेर्पा समुदाय रहेको जिल्लाहरूमा समेत संस्थाको शाखा विस्तार गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
संस्थाले सोलुखुम्बु, ओखुलढुङगा, खोटाङ, रामेछाप, ताप्लेजुङ र झापामा शाखा विस्तार गरि पत्रकारिता सम्बन्धी तालिम सञ्चालन गर्दै आइरहेको संस्थाक महासचिव डोल्मा शेर्पाले बताउनुभयो ।

तालिमको सहजीकरण शेर्पा समुदायका युवा लेखक तथा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रीय पूर्व महासचिव तथा अनुसन्धानकर्ता सेर्कु शेर्पाले गर्नुहुने छ ।