Breaking

हिमाली जिल्लामा हिमपातको सम्भावना, तराईमा हुस्सु


काठमाडौँ – पश्चिमी वायुको सामान्य प्रभाव रहँदा मंगलबार ९२४ माघ० देशका विभिन्न केही प्रदेशमा हिमपातको सम्भावना रहेको छ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका केही भू–भागमा अहिले हुस्सु/कुहिरो लागिरहेको छ । मंगलबार दिउँसो देशका पहा भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

प्रदेश नं १, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले बुलेटिनमार्फत जनाएको छ । राति भने प्रदेश नं १, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।