Breaking

भारतका मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त


काठमाडौँ — भारतका मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । देसाइलाई नेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्ति गर्ने निर्णयलाई राष्ट्रिय खेलकुद परिषदले स्विकृती दिएको नेपाल क्रिकेट संघ (क्यान) का एक सदस्यले जनाकारी दिए । औपचारिकरुपमा आज उनको नाम घोषणा गर्न लागिए पनि उनी दुई साताअघि नेपाल आएका नेपाली टिमलाई प्रशिक्षण दिएका थिए ।

अघिल्लो महिना क्यानको छनोट समितिले उनलाई नियुक्त गर्न सिफारिस गर्दै खेलकुद परिषदसँग अनुमति मागेको थियो । तर क्यान बोर्ड बैठकको निर्णय हुनु पर्ने भन्दै राष्ट्रिय खेलकुद परिषदले अनुमति दिएको थिएन । गत साता क्यान बोर्ड बैठकपछि मात्र मोन्टीको नियुक्ति प्रक्रिया अघि बढेको थियो । यसअघि पाँच जनाको नाम सर्टलिष्ट गर्दै अन्तरवार्तापछि देसाइलाई नयाँ प्रशिक्षक नियुक्त गर्न सिफारिस गरिएको थियो । दुई महिनाअघि भारतीय प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि रिक्त रहेको प्रशिक्षकका लागि क्यानले खुल्ला आवेदन मागेको थियो ।