Breaking

नेपाल विद्यार्थी संघका दुई समूहबीच ढुंगा हानाहान


काठमाडौँ — सोमबार दिउँसो नेपाल विद्यार्थी संघका दुई समूहबीच ढुंगा हानाहान भएको छ । अहिले ढुंगा हान्न रोकिएको छ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने ८०-९० जना भेला भएको भनिएको थियो । कसैलाई चोट लागेको खबर छैन ।

नेविसंघ इकाइ समितिले स्ववियू निर्वाचनबारे छलफल गर्न औपचारिक बैठक बोलाएको थियो । अध्यक्ष सरोज तिमल्सिना र समितिका संयोजक भुवन भट्टबीच विवाद उत्पन्न हुँदा ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ ।