Breaking

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

एमालेको केन्द्रीय कमिटीको ५औँ बैठक २९ बाट सुरु हुन लागेको हो । गत ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

बैठकमा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनीक सुदृढीकरणबारे छलफल हुने रिजालको भनाइ छ ।

बैठकको एजेन्डा तय गर्न २६ मा सचिवालय बैठक बोलाएको छ । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।