Breaking

दलका सचेतकसँग प्रधानमन्त्रीको छलफल जारी


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु बालुवाटारमा भएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लागि बोलाइएको बैठकमा सबै राजनीतिक दलका सचेतकहरू छलफल जारी रहने जनाएको छ । दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग विधेयक सम्बन्धि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले दिनुपर्ने विजनेस लगायतका बारेमा दलको आधिकारिक राय लिन बैठक बोलाइएको जनाइएको छ।

संसदमा सांसदहरूको भूमिका र विधेयकका बारेमा पनि प्रधानमन्त्रीले छलफल गरेका हुन्।