Breaking

प्रदेश १ सभा बैठक आज


काठमाडौँ – प्रदेश – १ सभा बैठक सोमबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेश सभा बैठक गत पुस ३० देखि बस्न सकेको थिएन ।