Breaking

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । शनिबार राति ८स्३० का लागि बोलाइएको बैठक केही बेरमा सुरु हुने रास्वपाका एक नेताले जानकारी दिए । पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने तयारी गरिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालसँग रास्वपाका सभापति रवि लामिछानेले भेटेपछि आकस्मिक रुपमा पार्टी बैठक डाकिएको हो ।

रास्वपाले गृह मन्त्रालय आफूलाई दिनेरनदिने विषयमा दुई दिनभित्र टुंगो लगाउन बिहीबार प्रधानमन्त्रीसहित गठबन्धनका मुख्य घटकलाई अल्टिमेटम दिएको थियो । रास्वपाका एक सांसदका अनुसार प्रधानमन्त्री दाहालले रास्वपालाई गृह मन्त्रालयको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जिम्मा लगाउने प्रस्ताव गरेका छन् । सोही विषयमा निर्णय गर्नका लागि शनिबार राति बैठक बोलाइएको ती सांसदले बताए।