Breaking

बेलुनभीत्र लुकेको रहस्य, अमेरिका–चीनबीच थप तिक्तता


काठमाडौँ — अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अमेरिकी वायुक्षेत्रमा चीनले अनावश्यक निगरानी बढाएर सार्वभौम सत्ताको उल्लंघन गरेको आरोप लगाएका छन् । वायुक्षेत्रमा बेलुन पठाएर निगरानी बढाएको आरोप लगाउदै चीनको भ्रमण समेत स्थगित गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अमेरिकी वायुक्षेत्रमा चीनले अनावश्यक निगरानी बढाएर सार्वभौम सत्ताको उल्लंघन गरेको आरोप लगाएको छ । आफ्नो हवाई क्षेत्रमा जासुस बेलुन पठाएर अनावश्यक निगरानी बढाएको भन्दै पूर्वनिर्धारित चीनको भ्रमण समेत स्थगित गरेको छ ।

चीनले बेलुन उडाएर जासुसी गरेको भन्दै विदेशमन्त्री एन्टोनीले आफ्नो पूर्वनिर्धारित चीन भ्रमण स्थगित गरेको हो । अमेरिकी आकाशमा चीनले अनावश्यक निगरानी गरेर अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै अमेरिकी सार्वभौममाथि हस्तक्षेप गर्न खोजेको विदेशमन्त्री एन्टोनीकोे आरोप छ । तर चीनले भने सोही बेलुन मौसम विज्ञान अनुसन्धानका लागि मात्र अमेरिकी आकाशमा उडाइएको स्पष्टीकरण दिएको बताएको छ । अमेरिकी अधिकारीहरुले भने चीनको भनाइप्रति कडा आपत्ति जनाएको छ । हालैका वर्षहरुमा चीन र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण रहेको छ ।

व्यापारिक मुद्दा, ताइवानको स्थिति, दक्षिण सागरमा चीनको दावी र इन्डोप्यासिफिकमा चीनको प्रभाव बढेको भन्दै अमेरिकाले निरन्तर दवाव दिंदै आएको छ । त्यस्तै युक्रेनमा जारी युद्दामा पनि रुसलाई सैन्य सहयोग नगर्न चीनले अमेरिकालाई चेतावनी दिंदै आएको छ । सन् २०१८ यता अमेरिकी विदेशमन्त्रीको पहिलो चीन भ्रमणको तयारी भइरहेका बेला फेरी दुई देशबीच तनाव उत्पन्न भएको हो । यसअघि तत्कालीन विदेशमन्त्री माइक पोम्पीओले बेइजिङको भ्रमण गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२२ को अन्त्यमा इन्डोनेसियाको बालीमा भएको जी २० शिखर सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको थियो । जासुसी उपकरण जडित भएको आशङ्कामा अमेरिकाले निगरानी गरिरहँदा चीनले उक्त बेलुन निर्धारित बाटो बिराएर गएको प्रस्टीकरण दिएको हो । अमेरिकी सैनिक नेतृत्वले सुरक्षा जोखिमका कारण देखाउँदै कथित जासुसी उपकरणलाई आफ्नो आकाशमा उड्न नदिने निर्णय गरेको थियो ।