Breaking

राष्ट्रपतिमा प्रचण्डको तानातान, ओली–देउवा बाजी खेल्दै, ओलीको भय, को हो सर्वस्वीकार्य राष्ट्रपति ?


काठमाडौँ — ंनेपाली राजनीतिको अप्ठेरो मार्ग राष्ट्रपतिको निर्वाचन हो । त्यसमा पनि सबै दलको ध्यानयतिबेला राष्ट्रपति निर्वाचन र माओवादीले खेल्ने भूमिकामा केन्द्रीत बनेको छ । तर माओवादी दुबैतिर लचक बनेरराष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोजिरहेको छ । संविधानतः राष्ट्रपति आलंकारिक हुन् । कार्यकारी पद नभएपनि राजनीतिको गलत सत्ता अभ्यासले राष्ट्रपतिलाई शक्तिशाली पदको रुपमा विकास गराइरहेका छन् । जुन गलत अभ्यास हो भनेर राजनीतिज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

तथापी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको उपयुक्त पात्र खोज्दै भौतारिरहेका छन् । सत्ता सहयात्री केपी ओलीलाई समेत मनमा भय पैदा गराएर प्रचण्डले प्रतिपक्षी दल काँग्रेस सभापति देउवासामू आफू राष्ट्रपतिमा लचक रहेको सन्देश दिएका छन् । त्यसैलेप्रचण्डले ओली–देउवा दुबै संग आफुले चाहेको पात्र राष्ट्रपतिमा ल्याउने बाजी खेलिरहेका छन् । देउवाले माधवकुमार नेपाललाई समेत आफ्नै मोर्चामा राखेर साझा उम्मेदवारबारे सहमति जुटाउने प्रयास गरेका छन् । तर त्यसको सम्भावना प्रधानमन्त्री प्रचण्डकै हातमा रहेको भन्दै माधव पनि गठबन्धनभित्र खेल्नुपर्ने विषयलाई प्रमुख बनाइरहेका छन् ।

माधवको मतलाई बल पुग्ने गरि शनिबार बसेको माओवादी स्थायी समिति बैठक पनि सकेसम्म राष्ट्रिय सहमतिकै राष्ट्रपति बन्ने मतमा एकमत भएको छ । प्रधानमन्त्रीलाई सबै दलको समर्थन प्राप्त भएकाले कसैलाई छुटाएर जान नमिल्ने माओवादीको निष्कर्षले एमालेले चाहेकै व्यक्ति गठबन्धनको सर्वस्वीकार्य हुन्छ भन्नु अब जटिल विषय बनेको छ । राष्ट्रिय सहमति बेगर कुनै अमुक पार्टी वा व्यक्तिको खल्तीबाट राष्ट्रपति बने त्यो अमुक स्वार्थकै आदेशपालक हुने बुझाई अहिले सबै दलमा परेको छ ।फलतः कसैले पनि राष्ट्रपति गुमाउन चाहेका छैनन् ।

सत्तामा खेल्नका लागि समेत प्रभावकारी हुनसक्ने राष्ट्रपति एमाले अध्यक्ष ओलीले त झन गुमाउन चाहेकै छैनन् । यसैले उनको आगामी सत्ता यात्राको सुरक्षित अवतरण गराउने छ । तर एमालेको राष्ट्रपति बन्दा सहकार्यमै भएपनि आगामी दिन कष्टकर हुने बुझेका प्रचण्डले सकभर एमाले बाहिरको व्यक्ति शीतलनिवास भित्र्याउन खोजेका छन् । त्यसका लागि काँग्रेसभित्रैबाट कृष्ण सिटौला उनको बलियो रोजाइ हुनसक्ने आँकलन गरिएको छ ।

देउवाले पनि रामचन्द्र पौडेलसहित सिटौलाको नाम अघि सारेका छन् । तर प्रचण्डकै बलमा बाबुराम भट्टराई र माधवकुमार नेपाल पनि आफैमाथि सहमति जुटाउने प्रयत्नमा छन् ।यद्यपी सरकार गठनकै बेला प्रचण्डसँग सहमति भएकाले आफुले चाहेकै व्यक्ति राष्ट्रपति बन्ने ओलीले पटकपटक दोहो¥याएका छन् ।

तर ओलीको खल्तीबाट निस्किने नामले सबैभन्दा बढी त्रसित नेपाली काँग्रेस बनिरहेको छ । प्रचण्डकै समर्थनमा आफ्ना उम्मेदवार निर्वाचित हुने विषयमा विश्वस्त बन्दै गएपनि फेरि पनि ओलीकै रोजाइको पात्र राष्ट्रपति बने संवैधानिक संकट आउने आँकलन काँग्रेसको छ । काँग्रेस महामन्त्री गगनकुमार थापाले एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने अवस्था आए स्वीकार्य नहुनेभन्दै मुलुक फेरि दूर्घटनामा जाने दाबी गरेका छन् ।

तर प्रदेशदेखि केन्द्रसम्म झण्डै ५२ हजार बढी मतभार रहेको राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने भएकाले सबैका मनमा ढ्याङग्रो ठोकिएको छ । फलतः मतमा निर्णायक, मतिमा दोहोरो चाल चलाएर एमाले–काँग्रेस दुवैको तानातानमा परेका प्रचण्डको भूमिकालाई अबको दिशा निर्देशका रुपमा हेरिएको छ ।