Breaking

नागरिकताजस्तो संवेदनशील विषयमा फसेकालाई फेरि गृहमन्त्री बनाउन खोज्नु गलत हो: भीम रावल


काठमाडौँ — नेकपा एमालेका नेता भीम रावलले रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ नै चलाइएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोज्नु गलत भएको बताए ।

जसलाई नागरिकताजस्तो अत्यन्त सम्वेदनशील राष्ट्रियतासँग सम्बन्धित छ । निजलाई खोजीखोजी त्यही नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय । गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान । के देशमा साँच्चै सुशासन आउन लागेको हो उनको भनाई छ ।