Breaking

सन्दीप र क्यानविरुद्ध माइतिघरमा प्रदर्शन


काठमाडौँ — नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टीममा समावेश गरिएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ । शनिबार उनीहरुले माइतीघरमा सन्दिप र क्यानविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । क्यनले बिहिबार राष्ट्रिय क्रिकेट टिममा समावेस गरेको थियो ।

आगामी महिना त्रिवि क्रिकेट मैदानमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रंखलाका लागि उनीसँगै २० जनालाई बन्द प्रशिक्षणमा सामेल गराइएको हो । यसअघि सन्दीप लामिछानेबाहेक पहिलो चरणको प्रशिक्षणमा क्यानले २८ खेलाडीलाई बोलाएको थियो । बिहीबार ९ खेलाडीलाई बाहिर राख्दै क्यानले सन्दीपलाई पाँच महिना पछि राष्ट्रिय टीममा पुनरागमनको मौका दिएको हो ।

यस अघि उनलाई राष्ट्रिय टिममा फर्काउने या नफर्काउने धेरै प्रश्नहरू उठेका थिए । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान लामिछानेलाई क्यानले बन्द प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टिममा समावेश गरेको हो । यद्यपी लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमै विचाराधीन छ ।