Breaking

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिस डाँडामा सुरु


काठमाडौँ — सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । शनिबार दिउँसो बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु भएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। साथै केन्द्रीय विभाग बाँडफाँटको टुंगो लगाउने पनि बैठकको एजेण्डा रहेको छ ।