विदेश

फिलिपिन्सका चार सैन्य आधार क्षेत्रमा अमेरिकाको पहुँच, ५०० घुम्ती सैनिकद्धारा निरीक्षण


काठमाडौँ — अमेरिका र फिलिपिन्सबीचबिहिबार भएको एकशैन्य सम्झौताले विश्वको ध्यानआकृष्ट गरेको छ । यो सम्झौताले उत्तरमा दक्षिण कोरिया र जापानदेखि अष्ट्रेलियासम्म फैलिएको अमेरिकी गठबन्धनको प्रभावलाई सुनिश्चित गरेको छ । अमेरिकाले फिलिपिन्समाथपचारवटा सैन्य अडडाहरूमा पहुँचप्रदानगर्ने संझौता गरेको छ । चीनको प्रभावलाई रोक्न वाशिङ्टनकोप्रयासलाई फराकिलो बनाउने र केहीवर्षअघि पतनको खतरामा रहेको गठबन्धनलाई बलियो बनाउने अमेरिकाको योजनाबमोजिम सम्झौताभएको हो ।

अमेरिकी रक्षा सचिवलोयड अस्टिनको फिलिपिन्स भ्रमणका क्रममाबिहीबारउक्त सम्झौताको घोषणा गरेका थिए । अमेरिकी रक्षाविभागले यसले गठबन्धनलाई थपबलियो बनाउने र संयुक्त सैन्य क्षमताको आधुनिकीकरणलाई गतिदिने कुरा औल्याएको छ । उक्त सम्झौता देशहरूको एन्हान्स्ड डिफेन्स कोअपरेसन एग्रीमेन्ट अन्तर्गत पर्दछ जुन २०१४मापनिगरिएको थियो । एग्रीमेन्टले अमेरिकी सेनालाई फिलिपिन्सको अड्डाहरूमा सुविधानिर्माण गर्न, पूर्वनिर्धारित उपकरणहरू, इन्धनभर्ने र विमान र जहाजहरू मर्मत गर्न र बेसहरूमा सेनाहरू घुमाउन अनुमतिदिने काम गरेको छ ।

फिलीपिन्समाहालकरिब ५०० घुम्ती अमेरिकी सैन्य कर्मचारीहरू छन्, जसले त्यस क्षेत्रमाअमेरिकी सैन्य कार्यहरूको निरीक्षणमा सहयोग गरेको छ ।चीनसँग बढ्दो तनावको बीचमा अमेरिकाले फराकिलो इन्डो–प्यासिफिक क्षेत्रमाबलियो रक्षा सम्बन्धखोजेको छ। अमेरिकाले आफ्नो सहयोगीजापानको रक्षाक्षमता बढाउने योजनाको पनि स्वागत गरेको छ । अमेरिकी रक्षामन्त्रीलोयड अस्टिनले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई भेटेपछि सार्वजनिकभएको फिलिपिन्स र अमेरिकाबीचको उक्त सम्झौता धेरै पहिलेदेखि कार्यान्वयनमा रहेको थियो ।

साथै मनिला र वासिङ्टनबीचको राणनीतिक साझेदारी थपविस्तार भएको छ । फिलिपिन्सकापूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेले चीनसँगको आफ्नो देशको सम्बन्धमा कटुता उत्पन्नहुननदिनआफ्नो जलक्षेत्रमा अमेरिकी सेनालाई थप स्थानदिन अस्वीकार गरेका थिए । चीनसँगको द्वन्द्व अमेरिकामात्रनभई कुनै पनिमुलुककानिम्तिलाभदायकनहुने प्रस्ट गरेको छ ।
त्यस्तै फिलिपिन्समामानवीय र जलवायुसम्बन्धीप्रकोप सम्बोधनमा अमेरिकी सहयोग प्राप्तपनिहुनेछ ।

साथै मनिला र वासिङ्टनबीचको राणनीतिक साझेदारी थपविस्तार भएको छ । फिलिपिन्सले आफ्नाचार वटा अतिरिक्त सैन्य आधार इलाकामा अमेरिकालाई सुरक्षितपहुँचप्रदान गरेसँगै दक्षिण चीन सागर र ताइवान वरपर चिनियाँहरूलाई निगरानीगर्न सहजभएको छ ।