Breaking

२१ वर्षपछि अमेरिकी उच्च अधिकारी नेपालमा किन ? चीनदेखि सशंकित अमेरिका, तनावमा नेपाल


काठमाडौँ — नेपाल–अमेरिकाबीचको मैत्रीपूर्ण कूटनीतिक ईतिहास पारस्परिक सम्मान र उच्चस्तरको सहयोग आदान प्रदानले दुई देशबीचको सम्बन्ध विशेष र महत्वपूर्ण रहँदै आएको छ । तर मुलुकको खस्किँदो कुटनीतिक क्षेत्र र बदलिँदो विश्व भु–राजनीतिको प्रभाव नेपाल–अमेरिका सम्बन्धमा छछल्किने गरेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मुलुकको सत्ता सम्हालेपछि पहिलो उच्चस्तरीय अन्तराष्ट्रिय भ्रमणमा अमेरिकाले बाजी मा¥यो । राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले आइतवार र सोमवार दुई दिने नेपाल भ्रमण गरिन् ।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग दुईपक्षीय भेटवार्ता गरिन् । उनको भ्रमण लगत्तै झन्डै २१ वर्षपछि अमेरिकी सरकारको मन्त्री सरह मानिने अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल भ्रमण गर्ने भएकी छिन् । उनी फेवू्रवरीको सुरुवातमै नेपाल आउने विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणमा लोकतन्त्र, समावेशीता, समृद्धि, जस्ता विषयमा भएका उपलब्धि र प्रयासहरु वुझ्ने सरकारसँगै सरोकारवाता निकायसँग छलफल गर्ने उल्लेख गरे पनि उनको यो भ्रमण यत्ति बेला सर्वत्र चासोको विषय बनेको छ । अमेरिकाबाट ५२ वर्षअघि तत्कालीन उप–राष्ट्रपति आग्नेयु र २० वर्षअघि तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपाल भ्रमण गरेका थिए । अमेरिकी सहयोग परियोजना अनुमोदनपछि अमेरिकी उच्च अधिकारीहरुको बाक्लिएको भ्रमण सर्वत्र चासोको विषय बनेको छ । यता जानकारहरु भने नेपालको सवालमा अमेरिकी चासो बढ्नु स्वभाविक भएको तर्क गर्छन । दुईपक्षीय हित र मुलत छिमेकी मुलुक चीनको बढ्दो प्रभावले पनि अमेरिकाले नेपाललाई चासोमा राखेको तर्क गर्छन ।

एमसीसी अनुमोदनपछि विभाजित जनमत श्रृखलावद्ध अमेरिकी भ्रमणका कारण थप पेचिलो बनिरहेको छ । नेपालमा बढ्दो अमेरिकी प्रभाव र चासो चिन अमेरिका प्रतिस्पर्धाका रुपमा व्याख्य गर्नेको कमि छैन । अमेरिकी भ्रमणलाई लिएर कुटनीतिक क्षेत्र मात्र होइन जनस्तरमा समेत चासो बढिरहेका बेला जानकारहरु यस विषयमा मुलुकको कुटनीतिक प्रभावकारीता मुख्य विषय भएको विश्लेषण छ । विकास साझेदारी र सहयोगका दृष्टिले मात्र नभई नेपालको स्वतन्त्रता र सार्वभौमिकता रक्षाका नजरले समेत नेपाल–अमेरिकालाई नियाल्नु पर्ने उनीहरुको तर्क छ ।

नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको छ । नेपाल र अमेरिकाबीच उच्चस्तरको भ्रमण आदानप्रदानले निरन्तरता पाईनै रहेको छ । नेपाल अमेरिका सम्बन्धका सवालमा वर्तमान जति चलयामान छ इतिहास अझ ओझपूर्ण छ । तर विगतको ओझपूर्ण कुटनीतिक सम्बन्धमाथी टेकेर अमेरिकी सक्रियतालाई राष्ट्रहित अनुकुल प्रयोग तथा विगत अनुशरण गर्दै वर्तमानको आवश्यकता अनुसार कुटनीतिक ल्याकतमा नेतृत्वको समयमै ध्यानकर्षण हुनु अपरिहार्य छ ।