Breaking

क्यानले गर्यो पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा


काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । मंगलबार क्यानको पोखरामा बसेको बोर्ड बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

बलात्कारको आरोपमा प्रहरी अनुसन्धान सुरु भएपछि निलम्बनमा परेका सन्दीप पाँच महिनापछि फेरि राष्ट्रिय टीमबाट क्रिकेट खेल्न योग्य भएका छन् ।