Breaking

प्रदेश १ को नाममा प्रधानमन्त्रीको चासो


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश १ को नामबारे चासो राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की बुधबार बिहान बालुवाटार पुगेका थिए । भेटमा सरकारको काम र विकास निर्माणबारे छलफल भएको जनाएको छ ।

प्रधानमन्त्रीले प्रदेशलाई मजबुत बनाउन शिक्षा, निजामती र प्रहरी ऐन चाँडै ल्याउने आश्वासन दिएका छन् । उनले प्रदेशको नामका विषयमा पनि चासो राखेका छन् । ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । तर प्रदेश १ ले नाम राख्न सकेको छैन ।