Breaking

क्यानले गर्‍यो सन्दीपको निलम्बन फुकुवा


काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले नाबालिग बलात्कारको अभियोग लागेका पूर्वकप्तान सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

(क्यान) को पोखरामा भएको केन्द्रीय कार्यसमितिको बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेको हो । बलात्कारको आरोप लागेसँगै उनीमाथि क्यानले प्रतिबन्ध लगाएको थियो भने कप्तान पद पनि गुमेको थियो ।

गत भदौ ५ गते काठमाडौँको एक होटलमा लगेर सन्दीपले बलात्कार गरेको आरोपसहित एक किशोरीले भदौ २१ गते प्रहरीसामु उजुरी दिएकी थिइन् । क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका सन्दीप गत असोज २० गते स्वदेश फर्किएसँगै त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

बलात्कारको आरोपमा मुद्दा चलिरहेका सन्दीपलाई निलम्बन फुकुवा गर्न क्यानलाई किन हतार रु सन्दीपलाई निलम्बन फुकुवा गरेसँगै क्यानमाथि प्रश्न उठेको छ ।