Breaking

एकीकृत समाजवादीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र


काठमाडौँ – नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल लगायतको शीर्ष नेतृत्व पुगेर ज्ञापनपत्र बुझाएको हो ।

देशको आर्थिक संकट र समाधानका विषयमा प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको जनाइएको छ । अध्यक्ष नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा देशको आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव समेटिएको छ ।

पार्टीका नेताहरु घनश्याम भुसा, प्रकाश ज्वाला, गंगालाल तुलाधार लगायतका नेताहरु बालुवाटार पुगेका थिए ।