Breaking

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न हिजो सुरु भएको पदाधिकारी बैठक आज पनि जारी रहने भएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे बस्ने बैठकमा आगामी फागुन २५ गते हुने राष्ट्रपतीय निर्वाचन लगायतका विषयमा छलफल हुनेछ । समसामयिक विषयमा पदाधिकारीबीच अनौपचारिक छलफल हुन लागेको जनाएको छ ।

हिजो बसेको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्ति र राष्ट्रपति पदका विषयमा थप निर्णय लिने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइसकेको छ ।

यसअघि आज स्थायी कमिटी बैठक बस्ने भनिए पनि बैठक बैठक भोलिलाई सरेको छ । गत बिहीबार र शुक्रबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रपति पदमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको थियो ।