Breaking

सुर्खेतमा पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला


काठमाडौँ — जिल्लाको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

मृतक हुम्लाको अदानचुली गाउँपालिका- ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ।

उनी वीरेन्द्रनगर १० मा बस्दै आएका थिए । यो घटनाका बारेमा थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।