देश

विभिन्न फिल्मी फेस्टिभलमा छनोट हुन सफल सर्ट मुभी ‘किन’ सार्वजनिक


काठमाडौँ— सर्ट मुभी ‘किन’सार्वजनिक भएको छ । विभिन्न फिल्मी फेस्टिभलमा छनोटमा समेत पर्न सफल सार्वजनिक चलचित्र लभ र सस्पेन्स स्टोरीमा तयार भएको चलचित्र हो ।

गणेश उप्रेती, केदार उप्रेती, सन्तोष राम्दम, सिद्धार्थ विश्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको चलचित्र ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो । चलचित्र सार्वजनिक भए लगतै दर्शकहरूबाट आएको सकारात्मक प्रतिक्रियाले नयाँ ऊर्जा मिलेको निर्देशक विश्व बताउँछन्।

चलचित्रमा स्वूप्न सुमको स्वर, उत्पल कंडेलको संगीत र सौरव तिमिल्सिनाको शब्द सुन्न सकिन्छ । सिद्धार्थ विश्वले लेखन, निर्देशन र सम्पादन गरेको चलचित्रमा नारायण उप्रेतीको सह–निर्देशन विष्णु मिश्रको मेकअप अशोक भुजेलको छायाङ्कन देख्न सकिन्छ ।