खेलकुद

क्यान अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग


काठमाडौँ— नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहित ५ जना पदाधिकारीको राजीनामा माग गरिएको छ।

क्यानकै ७ जना केन्द्रीय सदस्यहरुले आज पत्रकार सम्मेलनमार्फत सामूहिक विज्ञप्ति निकाल्दै स्पट फिक्सिङ जस्तो गम्भीर घटनामा अध्यक्ष चन्दले गल्ती स्वीकारि सकेको हुँदा थप कारवाही प्रक्रिया अघि बढाउनुर्ने माग गरेका छन्।

क्यानका केन्द्रीय सदस्यहरु रिसिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले अध्यक्ष चन्द, कार्यबहाक सचिव प्रशान्तविक्रम मल्लसहितको राजीनामा मागेका हुन्।