Breaking

प्रचण्डको निर्णयले तनावमा ओली, देउवाले राष्ट्रपति हत्याए के गर्छ एमाले


काठमाडौँ — मौजुदा गठबन्धनभित्र सभामुखमा सरह समर्थन रहे राष्ट्रपति पद स्वत एमालेकै उम्मेदवार चयन हुनेमा दुईमत छैन । तर एकाएक प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पदमा राष्ट्रिय सहमति खोज्नुपर्ने लाइनमा उभिएपछि एमालेभित्र खैलाबैला सुरु भएको छ । प्रचण्डको कदमले झस्किएको एमाले के गर्छ चासो बढेको छ । सभामुख र राष्ट्रपति पद एमालेले पाउने भद्र सहमति भएपछि एमाले अध्यक्ष के.पी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार भए । सदनको ठुलो दल कांग्रेसलाई धोका दिएर एमालेको शरणमा पुगेका प्रचण्डलाई ओलीले काखी मात्र च्यापेनन् उनको प्रधानमन्त्री बन्ने इच्छा पुरा गरिदिए । तत्कालिन प्रधानमन्त्रीमा देउवालाई जिल्ल पारेका ओली यसबीचमा विभिन्न प्रदेशमा मुख्यमन्त्री, मन्त्रीदेखि प्रतिनिधिसभाको सभामुख चयनमा आफ्नो मनमौजी निर्णायक नै कार्यन्वयन भएपनि थप हौसिए ।

अब उनी प्रचण्डकोसँगको सहमतिको आड राष्ट्रपति पद आफ्नो पोल्टामा पार्ने दाउमा छन् । सत्ता गठबन्धनभित्र आफूले जे चाहान्छ त्यहि हुन्छ भन्नेमा ढुक्क ओली प्रधानमन्त्री प्रचण्डको फेरिएको बोलि र एमाले–माओवादीबीच मत बाझिएपछि भने झस्किएका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने बताउँदै आएका छन् । पार्टीको स्थायी कमिटी बैठकले पनि सहमतिमा जोड दिएपछि एमाले ससंकित छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा नजिकिदो क्रममा छन् । जसले एमालेको अबको कदम के हुन्छ भन्ने चासोपूर्ण बनेको छ ।

राष्ट्रपतिका लागि प्रचण्डले खोजेको राष्ट्रिय सहमति ओलीको लागि घाँडो बनेको छ । उनी सार्वजनिक रुपमै राष्ट्रपतिलाई लिएर आफुलाई जिस्काएको भन्दै व्यङग कस्न थालेका छन । जस्तो सुकै समिकरण सहमति भए पनि पूर्व सहमति अनुसर प्रचण्डले खोजी गरिरहेको राष्ट्रिय सहमति एमालेकै उम्मेदवारका लागि हुनुपर्नेमा एमाले अडिग छ । प्रचण्डको लागि त्यो नै अन्तिम विकल्प भएको एमाले नेताहरुको दावी छ । राष्ट्रपति पदमा शीर्ष दलहरुको चलखेल थप चर्को बनेको छ ।

सत्ता घटक दलहरुबीच दलिय स्वार्थ बाझिदा राष्ट्रपति निर्वाचन थप पेचिलो बनिरहेको छ । सत्ता–समिकरण फेर–बदलको समेत चर्चा हुन थालेको छ । तथापी राष्ट्रपति पदमा दलहरुको हानथाप थप बढ्दो छ । माओवादीको बलमा राष्ट्रिय सहमतिमै राष्ट्रपति पद हत्याउने एमाले आशा कायम रहन्छ वा निराशामा परिणत हुन्छ चासोपूर्ण बनेको छ ।