Breaking

प्रदर्शनमा उत्रिए रवि समर्थक, निशब्द चितवन–आक्रोशित काठमाडौँ


काठमार्डाैँ — शुक्रवार सर्वोच्च अदालतको संवैधानिकइजलासले रवि लामिछाने विरुद्ध फैसला सुनायो । नागरिकताप्रकरणमा दोषि ठहर भएसँगै रविले सर्वश्वगुमाएका छन् । तर यता रविका समर्थकहरु भने सर्वोच्चको आदेशकोविरोध गर्दै सडकमै उत्रिएका छन् । पार्टी सभापतिरवि लामिछाने नागरिकताप्रकरणमा दोषि ठहर भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक वैठक बस्यो ।नागरिकताअवैध ठहर भएपछि रास्वपाले माघ १४ गतेदेखि तय गरिएकाप्रदेश समितिहरूको विस्तारित बैठक र संगठन विस्तारलगायतकासबै कार्यक्रम स्थगितगर्यो । पार्टी सभापतिमाउपसभापतिडोल प्रसाद अर्याललाई सभापतिको जिम्मेवारी तोक्दै पार्टीको दुखद् घडिमा सबैलाइ संयमितहुनअपिल समेत गर्यो ।

लामिछानेलाई सांसद निर्वाचित गराएर पठाएको चितवननिशव्दरहे पनिसर्वोच्चको फैसला विरुद्ध काठमाडौमाभने समर्थकले प्रदर्शन गरेका छन् । शनिवार रविका समर्थकहरुले काठमाडौंको माइतीघर देखि नयाँबानेश्वर सम्मविरोध प्रदर्शन गरेका हुन् ।
शुक्रवार नै सर्वोच्चको आदेश विरुद्ध प्रदर्शनमाउत्रिएकारविका समर्थकहरुले शनिवार काठमाडौमाविरोध ¥याली सहितप्रदर्शन गरेका हुन् । उनीहरुले अदालतको निर्णय संशोधनहुनुपर्ने माग अघि सारेका छन् ।

रवि लामिछाने स्वमंले अदालतको फैसलास्वीकार गरेपनिआक्रोशितबनेका उनकासमर्थकहरूभनेसडकमा उत्रिएकाहुन् । ’रविदाइहाइ, भ्रष्टाचारीलाई कारबाही गर, ’अदालतको सुनियोजित फैसला रद्द गर’ जस्ता नारा लगाउँदै सडक तताएका सर्वसाधरणले राजनीतिकप्रतिशोधले षडन्त्रपूर्वक रविलाई फसाईएको तर्क गरेका छन् ।

अमेरिकीनागरिकता त्यागेपछि नेपालीनागरिकतापुनकायमगर्न नागरिकता ऐन र नियमावलीअनुसार प्रक्रिया पुरा नगरेको भन्दै दोषि ठहर लामिछानेसँग अदालतको फैसला स्वीकारगर्नुको विकल्पपनिछैन । अदालतको फैसलासँगै पार्टी सभापति सांसद मन्त्री सबै पदबाट हातधोएका सर्वशवगुमाएका रवि राहदानी ऐन अनुसार राहदानीको कसुरमा समेत अनुसन्धानहुने तर्कहरु सुरु भएका छन ।